काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउप्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले घोर भर्त्सना गरेका छन्।


ADVERTISEMENT


आज प्रज्ञा प्रतिष्ठानमा हुने तयारीमा रहेको पार्टी एकीकरण कार्यक्रमको दौरान नेपाल प्रहरीले चौधरीलाई पक्राऊ गरेको थियो। राउतले उक्त घटनामा गम्भीर आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो एकतामा बाधा पुर्याउने र दमन गर्ने कदम हो। यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा ठूलो धक्का पुर्याउनेछ।’


ADVERTISEMENT

# # #


सिके राउतले चौधरीको पक्राउलाई ‘राजनीतिक दमन’ को अर्को उदाहरण’ भनेर चित्रित गर्दै यसलाई स्वीकार्न असहज रहेको प्रतिक्रिया दिएका छन्। राउतका अनुसार, पार्टी एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सबै नेता कार्यकर्तालाई आफ्ना घर फर्कन आह्वान गरिएको छ।

राउतले स्पष्ट पार्दै अभि लेखेका छन्, ‘हामी यस कदमको विरोध गर्दछौं र आगामी कदमको बारेमा चाँडै जानकारी दिनेछौं।’

चौधरीलाई टिकापुर घटनाकै परिप्रेक्ष्यमा पक्राउ गरेको बुझिएको छ । उनको पक्राउले राजनीतिक वृत्तमा नयाँ बहस र प्रश्न उठाएको छ भने संगै जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रियामा अस्थिरता ल्याएको छ।