काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी भएको छ। चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका हुन् ।
जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याएको छ । उनी पक्राउ परेपछि एकता घोषणा सभा स्थगित भएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको जानकारी पाएको उनले बताए । दुई पार्टीलाई एकता हुन नदिनका लािग चौधरीलाई पक्राउ गरिएको दुई पार्टीको निष्कर्ष रहेको उनको भनाई छ ।
उहाले अव दूई पार्टीका शीर्ष नेता बसेर आगामी कदमकाबारेमा आवश्यक निर्णय लिइने उल्लेख गरे ।