काठमाडौँ – जिल्ला अदालत काठमाडौँले गत वर्ष चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक घटनाका अभियुक्त रविन्द्र मिश्र लगायतलाई थप ५ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश मोना सिंहको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाई लगायतलाई थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
चैत्र १५ गते तीनकुनेमा राजतन्त्र पनर्वहालीको माग गर्दै तीनकुनेमा गरिएको प्रदर्शनले हिस्रक रुप लिएपछि २ जनाको ज्यान गएको थियो भने करोडौँको क्षति भएको थियो । सोही प्रदर्शनका योजनाकार र नेतृत्वकर्ताका रुपमा मिश्रसहित दर्जन बढी नेताहरु पक्राउ परेका थिए भने आगजनी, तोडफोड र चोरीडकैती गर्ने ४० जनाभन्दा बढी पक्राउ परेका थिए ।