काठमाडौं–जबर्जस्ती करणीपछि आँखा फुटाएर हत्या प्रयास गर्ने भोजपुरका एक युवकलाई भोजपुर जिल्ला अदालतले १४ वर्ष कैद सजायँ र १ लाख ५० हजार जरीवानाको फैसला सुनाएको छ ।


ADVERTISEMENT


यसैगरी पीडितलाई २ लाख ५० हजार क्षतिपूर्ती पनि भराइएको छ । आमचोक गाउँपालिका–९ दुम्मानामा १५ वर्षीया बालिकालाई बलात्कार पछि हत्या प्रयास गरेका १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबर्जस्ती करणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरी १४ वर्षको कैद सजाय सुनाइएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी गत साउन महिनामा अरुण गाउँपालिका–५ याकुकी ११ वर्षीया बालिकालाई करणी गरी गर्भवती कनाउने सोही गाउँपालिकाको आरुखर्कका १९ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई १२ वर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ती दिनुपर्ने फैसला पनि अदालतले गरेको छ । श्रेष्ठले ९ पुस २०७३ मा घरमा कोही नभएको मौका छोपी बालिका करणी गरी गर्भवती बनाएका थिए । श्रेष्ठविरुद्ध प्रहरीले जवर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

सन्तोष र दुर्गाबहादुर दुवैलाई जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामको इजलासले कैद तथा सजायँको फैसला गरेको हो ।

भोजपुरका प्रहरी प्रमुख दिपेन्द्र पञ्जियार थारुका अनुसार जिल्लामा पछिल्ला समयमा बलात्कार, यौन शोषणको घटना बढेर गएका छन् । त्यसमा पनि बालिकाहरु बढी पीडित छन् । यस किसिमका घटना न्यूनीकरणका लागि विशेष अभियानको खाँचो रहेको डीएसपी थारुको भनाइ छ ।