काठमाडौं–भिरबाट लडेर गम्भीर घाइते भएकी चंखेल्नी गाउँपालिका–६ पुमाकी ६ वर्षीया बालिका नम्रता बुढालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।


ADVERTISEMENT


सदरमुकाम सिमकोटदेखि ३२ कोष टाढाको पुमामा मङ्गलवार लडेकी बुढालाई बुधवार सिमकोटबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।


ADVERTISEMENT

# # #


आमासँग गाई चराउन वनमा गएका बेला लडेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेर जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लैजान सेनाको हेलिकोप्टर आएको हो ।

बालिकाको उद्धारका लागि गृह मन्त्रालयको सिफारिसमा सेनाको हेलिकोप्टरले लिएकोे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।