काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उत्पन्न भएको बताएका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालत बार एशोसियनको ५१ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सयौं संख्यामा रहेका कानून व्यवसायीहरुमा अधिकांशलाई व्यवसायीक बनाउनेमा प्रश्न उत्पन्न भएको बताएका हुन् । यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । उनले अदालतमा बेतिथी वा भ्रष्टाचार देखिए सबै मिलेर नियन्त्रण गनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश राउतले संसदले बनाउने कानुन अन्यायपूर्ण वा दोषपूर्ण भए अदालतले त्यसमा केही गर्न नसक्ने भएकाले कानुन बनाउनु अघि नै सरोकारवाला बिषयमा कानून व्यवसायीहरुले स्वच्छ कानून निर्माणका लागि लविङ गर्न सक्नुपर्ने बताए । अहिले धेरै कानुनहरु दोषपूर्ण रहे पनि अदालत हात बाँधेर बस्नुपरेको उनको भनाई छ ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको रिफर्म गर्ने कुरामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे । उनले अदालतको फैसला र आदेशका त्रुटीपूर्ण भए सच्चाउन सकिने उल्लेख गर्दै फेसबुकमा जथाभावी बोल्नुभन्दा उचित सुझाव दिन कानुन व्यवसायीलाई आग्रह गरे ।