काठमाडौँ–हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि मृत भेटिएको शवको पहिचान भएको छ ।


ADVERTISEMENT


मृतकको हातमा सुजन शाक्य नाम लेखिएको ३१ वर्षीय एक युवक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ”उनले भने । मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार, यस प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।