काठमाडौँ– नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरु आउदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धन लगाएत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले बताए । उनले राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै जसपाले समर्थन गरेको उल्लेख गरे ।
त्यस्तै बैठकले जनता आवाजहरुलाई अधिकतम रुपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरुलाई निर्देशन दिएको छ ।