एजेन्सी – दुई साताअघि भारतको पहलगाममा आतंककारी हमलाको बदलामा भारतीय सेनाले गरेको जवाफी हवाई आक्रमणमा पनि पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । मंगलबार राती पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रका विभिन्न ९ स्थानमा भएको आक्रमणमा परी हालसम्म २६ जनाले ज्यान गुमाएको पाकिस्तानले जनाएको हो ।


ADVERTISEMENT


पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले दुई देशबीचको वास्तविक सीमा नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन्।


ADVERTISEMENT

# # #


पाकिस्तानले पहिले मृतकको संख्या आठ जना रहेको बताएको थियो। आज बिहानको ब्रीफिंगमा, एक भारतीय सेना अधिकारीले ‘पाकिस्तानमा नागरिक हताहतको कुनै रिपोर्ट नभएको’ बताएका थिए।

तर, पाकिस्तानले भने भारतले सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै त्यसको जवाफ उपयुक्त समय र उपयुक्त स्थानमा दिने घोषणा गरेको छ । यता गय राती नै पाकिस्ताको आक्रक्रणमा परी भारत नियन्त्रित जम्मु कश्मिरमा ७ जना भारतीय नागरिकको समेत मृत्यु भएको भारतीय पक्षले बताएको छ ।