काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशका विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेशको पक्षमा कि विपक्षमा रहने भन्ने बिषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बिहीबारको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएकाले पुन आन्तरिक छलफल गरेर निर्णय लिइने जानकारी दिइन् । बैठकमा जसपा नेपाल अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रमुख सचेतक यादवले भूमि सम्बन्धी अध्यादेशमा केहि आशंका रहेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरिन्। अध्यादेशका बारेमा जसपा नेपाल अनिर्णित भएपछि अन्तिम समयमा सरकार अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारीबाट पछि हटेको हो ।