काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको तनाव चुलिँदै गएका बेला बुधबार सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको हो ।
बैठकले भारतले मंगलबार पाकिस्तानमाथि गरेको आक्रमण र आगामी दिनमा नेपालमा त्यसले पार्ने सुरक्षा प्रभावबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि उपस्थित छन् ।
आजै गृहमन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । जसले नेपाल भारतबीचका सीमा नाकामा कडाई गर्नुका साथै अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष निगरानी गर्ने निर्णय गरेको थियो ।