काठमाडौं–बलिउडका दबंग सलमान खान ‘दबंग टुर’ अन्र्तगत नेपाल आउँदैछन् । भारतीय सिने उद्योग बलिउडका चर्चित नायक खान २३ वर्षपछि होलीको अर्को साता नेपाल आउने भएका हुन् । अभिनेता सलमान तीन दिनका लागि नेपाल आउन लागेका हुन् । आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले तीन दिनको लागि सलमान नेपाल आउन लागेका जानकारी दिए ।


ADVERTISEMENT


सलमानले ‘दबंग द टुर’ नाम दिइएको कन्सर्ट सुरु गरेका छन् । उनले दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तगर्त सलमान नेपाल आउन लागेका हुन् । केहीदिन अगाडि दिल्लीमा भएको ‘दबंग द टुर’मा ओडीसीका निर्देशक सीमान्त गुरुङसँग सलमानले भेट गरेका थिए ।


ADVERTISEMENT

# # #


आयोजक संस्थाका अनुसार, नेपाल एक सुरक्षित पर्यटन क्षेत्र रहेको सन्देशसहित ‘दबंग द टुर नेपाल’को आयोजना गर्न लागिएको हो । सलमानको यो टुरलाई नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेको छ । नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले देशमा भएको आर्थिक संकटलाई मध्यनजर गर्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सलमानलाई नेपाल ल्याउन लागिएको स्रोत बताउँछ ।

सलमानसँग को–को आउँदैछन् ?
सलमानसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने भएका छन् । ३ देखि २० हजार मुल्यसम्मको टिकट उपलब्ध हुने ‘दबंग द टुर नेपाल’ शोको खर्च १५ करोडको आसपासमा हुने ओडीसी निर्देशक गुरुङको अनुमान छ ।

आयोजकका अनुसार गायक राजेशपायल राई र प्रियकां कार्कीले सलमानसँग गीत गाउने लगभग पक्का भएको छ । निर्देशक गुरुले भने, ‘कार्टुज क्रुज लगायतका केही डान्स ग्रुपसँग कुरा भए पनि फाइनल भएको छैन । राई र कार्की चाहिँ लगभग पक्का जस्तै भएको छ ।’

त्यस्तै ट्रयाकमै गाउने भएकाले ब्यान्ड (सांगीतिक समूह) भने कार्यक्रममा सहभागि नहसने आयोजकले जनाएको छ । अरु गायक गायिकामा कसकसलाई बोलाउने टुंगो भैनसकेको गुरुङले जानकारी दिए । सलमानको सुरक्षाका लागि नेपाली सेना र प्रहरीको संयुक्त टोली र आयोजक संस्थाले सयौं बडिगार्ड खटाउने तयारी गरेको छ ।

१५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंमसेवकले कार्यक्रमलाई व्यवस्थित गर्नेछन् । सलमानको कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका रहेको छ ।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट फागुन २५ गते नेपाल आइपुग्नेछन् जेट एयरलाइन्सको विमानबाट सलमान ९ मार्चको बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने उनीसँग ९० जनाको समूह हुनेछ । टोली होटल सोल्टीमा बस्नेछ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् ।

कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन् । मुख्य शो भने मार्च १० (फागुन २६) मा टुँडिखेलमा हुनेछ । यसपालि ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा ओइरिने आयोजक ओडिसीले विश्वास लिएको छ ।

कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि नै गेट खुला गर्न लागिएको अयोजकले जानकारी दिएको छ । सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन् । दर्शकको सुविधाका लागि सलमानको हिट दबंग, सुल्तान जस्ता फिल्मको नाम राखेर इन्ट्री गेट बनाइनेछ ।

सलमानले विश्वको उच्च हिमाल सगरमाथाको अवलोकन पनि गर्ने भएका छन् । हेलिकोप्टर चार्टर गरेर उनलाई सगरमाथाको अवलोकन गराइने बताइएको छ । सलमानले पशुपति मन्दिरको दर्शन पनि गर्नेछन् ।