काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताको माग अनुसार संविधान संशोधनको ग्यारेन्टी गरे तत्काल सरकारमा सहभागी हुने संघीय समाजवादी फोरम नेपालले स्पष्ट पारेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सरकारमा सहभागीताका लागि चरणबद्ध रुपमा छलफल गरेपनि सोही विषय आफुहरुको बटमलाइन भएको सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।


ADVERTISEMENT

# # #


लामो समयदेखि मधेसी जनताले संविधानमा अपनत्व खोजिरहेको भन्दै उनले सरकारले त्यसको ग्यारेन्टी गरे आफुहरुलाई सरकारमा सहभागी हुन कुनै समस्या नहुने स्पष्ट पारेका छन् ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीसँग आफुहरु छलफलमै रहेपनि त्यसको ग्यारेन्टी नभएको उल्लेख गरेका छन् ।

आफ्नो पार्टीले मधेसी जनताको भावना अनुसार नै संविधान संशोधनको मुद्दा उठाएको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले त्यसलाई वेवास्ता गरे सरकारको दिन गन्ती शुरु हुने चेतावनी समेत दिएका छन् । -आजको कान्तिपुरबाट