डडेल्धुरा – जिल्लाको आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा टावरमा आगो लागेको हो ।


ADVERTISEMENT


आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इनिस्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन । ‘टावरमा कार्मचारी कोही पनि नभएको समयमा आगो लागेको छ,’ उनले भने, ‘टावर हेर्ने चौकीदार पनि ५ बजे नै घर गएको रहेछ । कसले आगो लगाएको हो भन्ने खुलेको छैन्।’

एनसेलको टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।