काठमाडौं-महाशिवरात्रीको अवसरमा प्रहरीले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । पशुपति क्षेत्रमा भीडमा हुन सक्ने चोरी डकैती लुट्पाट गतिविधि नियन्त्रण तथा मन्दीर दर्शनका लागि गएका भक्तजनको लाईन मिलाउनेदेखि सवारी पार्किङ ब्यवस्थापनका लागि भनेर ४ हजार ५ सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए ।


ADVERTISEMENT


‘विगतका कमीकमजोरीलाई अध्यन गरी शिवरात्रीको आवश्यक सुरक्षा तयारी गरेका थियो त्यही अनुसार हिजो रातिदेखि सुरक्षाकर्मी खटाएका छौं,’ एआईजी चन्दले भने, ‘मन्दिर दर्शन गर्न आएका कुनै पनि नागरिकले आपतविपत भोग्न नपरोस् भन्नेमा आमी सचेत र्छौ त्यही अनुसार सुरक्षा ब्यवस्था मिलाएका छौं ।’


ADVERTISEMENT

# # #


भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोहको पहिचान तथा नियन्त्रण गर्न सादा पोसाकका १ सय ५० महिला प्रहरीसमेत परिचान गरिएको एआईजी चन्दले बताए । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्न एसपीको कमान्डमा पोस्ट र १२ स्थानमा सहायक कमान्ड पोस्ट समेत खडा गरेको उनले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्‌सेवकको सहयोगमा बढीमा २ घन्टाभित्र दर्शन गरिसक्ने व्यवस्था मिलाएको छ। शिवरात्रीमा शिवको प्रसाद भन्दै जाँगा, भाङजस्ता प्रतिवन्धित पदार्थ बेच्ने, सेवन गर्ने र विक्रिवितरण गर्नेलाई समेत कडा कारबाही गर्ने एआईजी चन्दले बताए ।

‘शिवरात्रीको बाहाना बनाएर कसैले पनि प्रतिवन्धित पदार्थको कारोबार गरेको देखिएमा कानुन बमोजिम कारबाही हुन्छ । धर्मको नाममा कुनै छुट छैन,’ उनले भने ।

A Hindu Sadhu (face unseen) rolls marijuana inside the Pashupatinath Temple premise in Kathmandu, Nepal on Monday, March 7, 2016. Photo: Skanda Gautam/ THT

प्रहरीले पशुपति क्षेत्रको विभिन्न ३६ स्थानमा सिसिक्यामेरासमेत जडान गरेको एआईजी चन्दले बताए ।