दाङ– प्रदेश ५ मा सभामुखका लागि उमेदवारी दर्ता भएको छ । भोलि हुने निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने छन् भने समर्थकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल छन् । सभामुख चयनका लागि भोलि दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ ।


ADVERTISEMENT

# # #


सभामुखको चयन लगत्तै साँझ ५ बजे पदभार ग्रहण कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ । त्यस्तै, ३ फागुनमा पहिलो चरणमा तीन सदस्यीय प्रदेश सरकार गठन गर्ने तयारी गरिएको छ ।