काठमाडौँ– प्रदेश २ मा नेपाली काँग्रेसको संसदीय नेतामा रामसरोज यादव चुनिएका छन् ।


ADVERTISEMENT


धनुषा ३ क बाट प्रत्यक्षमा जितेका यादव धनुषा काँग्रेसका सभापति पनि हुन् । प्रदेश सभा तर्फ काँग्रेसले प्रत्यक्षमा प्रदेश २ मा आठ स्थान जितेको थियो । समानुपातितर्फ ११ जना चयन भएका छन् । प्रदेश दुईमा चौथो स्थानमा रहेको काँग्रेसको १९ प्रदेशसभा सदस्य छन् । संघिय समाजवादी फोरम र राजपाले प्रदेश सरकार बनाउन लागेका छन् भने एमाले प्रमुख प्रतिपक्ष बन्ने भएको छ ।


ADVERTISEMENT

# # #


यादवलाई सर्लाही ४ क का विजयी विरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए भने रौतहट ४ क का विजयी उम्मेदवार धनलाल ठोकरले समर्थन गरेका थिए । यादवको पक्षमा सर्वसहमत निर्णय गरिएको पर्साका समानुपातिक सदस्य ओमप्रकाश शर्माले जानकारी गराए ।