रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद अफ्ताव आलमले विकासको आंधिबेरी ल्याउने बताएका छन् ।


ADVERTISEMENT


सांसद निर्वाचित भएको दुई महिना नबित्दै आफ्नो क्षेत्रमा पक्की सडक शिलान्यास गर्न आएका आलमले त्यस क्षेत्रलाई विकास र समृद्धिको नमुना बनाउने उद्घोष गरेका छन् ।


ADVERTISEMENT

# # #


आफूले गरेका संकल्पहरु पुरा गर्नकै लागि फेरी जनमत पाएको र विकास निर्माण गर्दै समृद्धिको दियो बालिरहने उनको प्रतिबद्धता छ ।

रौतहट स्थित जोकाहा घिउरा खण्डमा पर्ने २५ किलो मिटर सडकलाई आलमकै नेतृत्वमा पक्की बनाईँदैछ । सोही सडकको निर्माण प्रारम्भ गर्दै उनले आँफू संधै जनताको सेवक बनेर काम गर्ने बताएका छन् ।

जातीयता र क्षेत्रीयताको नाराले विकास सम्भव नभएको भन्दै पूर्वमन्त्री आलमले सामाजिक सद्भावको बिगुल फुक्दै धार्मिक सामाजिक सद्भावका साथ विकासको दृष्य देखाउने बताए ।

परोहा नगरपालिकाका मेयर शेख वाकिल, राजपुर नगरपालिकाका मेयर सकिल अक्तर लगायतको उपस्थिती रहेको कार्यक्रममा हजारौँ जनताको उल्लेख्य सहभागिता रहेको छ । कार्यक्रम सञ्चालन तरुण दल रौतहटका सभापति नौसद आलमले गरेका छन् ।