काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्किएका छन् । उनी लोपोन्मुखु भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने ज्ञानेन्द्र भारतको उडिसा गएका हुन्।


ADVERTISEMENT


उनले त्यहाँ रहँदा विभिन्न हिन्दुवादी संग संगठनसँग भेटघाट र छलफल गर्ने समेत बताइएको छ । उनी भारतमा २ साता रहने छन् ।


ADVERTISEMENT

# # #


यसअघि सुटुक्क विदेश जाने गरेपनि यसपटक विज्ञप्ति नै जारी गरेर भारत गएका ज्ञानेन्द्रलाई विमानस्थलमा राजावादीहरु बिदाई गर्न पुगेका थिए । राजावादीहरु राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए ।