धनगढी – सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । सोडारीले बिहीबार दिउँसो मुख्यमन्त्री प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।


ADVERTISEMENT


उनले नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसदको समर्थन देखाउँदै दाबी पेश गरेका छन् । यता मुख्यमन्त्री नपाएपछि असन्तुष्ट नाउपाका केही सांसदले भने सोडारीलाई आफ्नो समर्थन नरहेको बताका छन् ।


ADVERTISEMENT

# # #


उनीहरु नेपाली काँग्रेसका नेताहरुसँग मिलेर प्रदेश प्रमुख मियाँलाई भेट्न गएका छन् । सुदूरपश्चिमा यसअघि मुख्यमन्त्रीका लागि नाउपाबाटै २ जनाले दाबी गरेका थिए । तर, एकै पार्टीबाट २ जनाको दाबी परेकाले निर्णय गर्न नसकिने भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि पुनः दाबी आह्वान गरेका थिए ।

यसअघि केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिममा आफूले मुख्यमन्त्री पाउनुृपर्ने माग पूरा नभएपछि एकीकृत समाजवादीले केन्द्रको निर्णयविपरित नाउपाका रेशम चौधरी पक्षका सांसदलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए ।

कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा सरकार गठबनका लागि बहुमत पुर्याउन २७ मत आवश्यक पर्छ । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच फाटो आएसँगै सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति प्रक्रिया कठिन भएको छ ।