राहुल गुप्ता, धनुषा – नेपाल र भारतका सीमा सुरक्षा प्रहरीले अन्र्तर्राष्ट्रिय सीमामा संयुक्त रुपमा मनाए फागू पूर्णिमा अर्थात् होली मनाएका छन् । सोमबार सशस्त्र प्रहरी वलको आयोजनामा धनुषाको सीमावर्ती ईलाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारी र समकक्षी सशस्त्र सीमा बल भारतका सुरक्षाकमीले संयुक्त रुपमा होली मनाएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा स्थानीयवासि र जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । होली मनाउँदै दुवै देशका सुरक्षाकर्मीले एकआवसमा शुभकामना आदन प्रदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले होलीको महत्व प्रकाश पार्दै संगठनका तल्लो दर्जाका कर्मचारी लामो समयसम्म परिवारबाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनुपर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएको बताए


ADVERTISEMENT

# # #


यस्तै उनले भारतीय समकक्षी एसएसविका कमाण्डेन्ट गोविन्द भण्डारी लगायत अन्य अधिकृत, जवान तथा सर्वसाधरण लाई समेत शुभकामना दिएका थिए । नायव महानिरीक्षक शाहले यस्तो कार्यक्रमले भातृत्वको विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै एसएसबीका कमाण्न्डेन्ट भण्डारीले कार्यक्रमा निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्दै दुवै पक्षको सहकार्यको अपरिहार्यता व्यक्त गरे। यस्तैसशस्त्र प्रहरी बल नेपाल नं ८ धनुषाका गणपति दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक शाहको उपस्थितिले चुनैतीपूर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको हैसला बढाएक बिताए । उनले देश र जनताको हितमा काम गर्न स्थानीय र समकक्षी संग सहकार्य गर्न प्रेणा मिलेको उल्लेख गरे ।

स्थानीयले यस किसिमको कार्यक्रम पहिलो पटकभएको बताउँदै यसले सीमा सुरक्षामा सरोकार राख्ने सम्पूर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सीमावर्ति क्षेत्रमा सामाजिक सद्भावकायम राख्न तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने बताएका थिए।