काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी थालेको छ ।


ADVERTISEMENT


स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको स्रोतले जनाएको हो ।


ADVERTISEMENT

# # #


युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका मिलन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक हुन् ।

मिलन यतिबेला युवाकै मुद्दा लिएर इलाम आएका पाहुना उम्मेदवार शाहीसमेत भेटघाटमा व्यस्त छन् । यता विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको रास्वपाले पनि मिलन योग्य रहेकोतर्फ संकेत गर्दै उनैलाई उम्मेद्वारमा उठाउने तयारी थालेको हो ।

इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।