काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफुहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे ।


ADVERTISEMENT

# # #


समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए । त्यस्तै उनले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे ।

उनले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।