काठमाडौँ – सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बज्राचार्यलाई सीआईबीबाट प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको हो ।


ADVERTISEMENT


किरणको स्थानमा सीआईबी प्रमुखको जिम्मेवारी एआईजी श्याम ज्ञवालीलाई दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । एआईजी ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


सुन तस्करी प्रकरणको अनुसन्धानमा त्रुटी गरेको भन्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार सरकारले उनको सरुवा गरेको हो ।

सिंहदरबारमा बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले औल्याएका विषयलाई निर्णयमा लैजाने मन्त्री शर्माले बताइन् ।

आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने उहाले बताइन् । उनले सरकारले सुरु देखि नै दोषी नउम्कने र निर्दोषलाई नफसाउने स्पिरिटमा काम गरिरहेकाले सुन प्रकरणमा कोही पनि दोषी नउम्कने दाबी गरिन् ।