काठमाडौँ – माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ ।


ADVERTISEMENT


शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्न सापकोटाले जानकारी दिए । उनले आजको विषयमा विषेशगरि २ एजेन्डामा मात्र छलफल भएको उल्लेख गर्दै विधान पारित गर्दै राष्ट्रिय सभामा अध्यक्ष पदमा निर्वाचित भएका नारायण प्रसाद दाहालको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले मुलभूत रूपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट पहिल्यै पास भएको र अहिले व्यापक रूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गरिएको बताउँदै छलफलले परिपूर्ण र समृद्ध भएको बताए ।