काठमाडौँ – सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलको बैठक बसेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो । कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको पौडेलले बताए ।

उनले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए ।