काठमाडौं-झापाको गौरीगञ्जमा हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा रहेका गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले प्रहरी कार्यालय परिसरमै आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


यादवको शव आज बिहान ८ बजे प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले यादवलाई सार्वजनिक मुद्दाको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखेको थियो । यादवकी श्रीमती फूलोदेवी यादव एक बर्षअघि आफ्नै घरमा झुण्डिएर हत्या गरेको अवस्थामा फेला परेकी थिइन ।


ADVERTISEMENT

# # #


फूलोदेवीका आफन्त र गाउँलेले हरिनारायणले हत्या गरेको आरोप लगाएपछि उनी फरार थिए । छिमेकी यादव रिजालले श्रीमतीको हत्या गरेको जाहेरी दिएपछि यादवलाई प्रहरीले पुस ५ गते पक्राउ गरेको थियो ।

‘बिहान शौचालय गएका यादव लामो समयसम्म ननिस्किएपछि चिहाएर हेर्दा झुण्डिएको अवस्थामा देख्यौ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दीपक गिरीले भने, ‘उनले प्रहरी कार्यालय परिसरमा आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’

गिरीका अनुसार सार्वजनिक मुद्दाको अनुसन्धानका लागि यादवसंगै अन्य दुई जनालाई पनि हिरासतमा राखिएको छ ।