काठमाडौं-सरकारले उपलब्ध गराउँदै बिजुली र पानीको सेवा सुविधामा कटौती गर्ने सरकारको घोषणाविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना साउदी राजकुमार पक्राउ परेका छन् ।


ADVERTISEMENT


आफूहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोस्न खोजेको भन्दै उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तलाई दिने भनिएको मृत्युदण्डको सजायको निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

साउदी अरब सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण सुविधामा कटौती गर्नुपरेको जनाएको छ ।

पक्राउ परेकामाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरेको आरोपमा कारबाहीको प्रक्रिया अघि बढाउने तयारी त्यहाँको सरकारले गरेको बीबीसीले उल्लेख गरेको छ ।