काठमाडौँ– हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन् ।


ADVERTISEMENT


अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले सडकको सुविधा नभएकाले सिमीकोट–कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताए।


ADVERTISEMENT

# # #


स्थानीय स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि बाटोको अभावमा कृषि, जडीबुटी र बागवानीलाई बजार पुर्याउन नसकिएको बताउँदै उनले स्थानीयवासीले विभिन्न समयमा खाद्य संकट व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गरे ।

प्रदेश (ख)बाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराए ।

हाल हुम्लीहरु तिब्बतमा पुगेर आफ्ना उपभोग्य सामग्री किन्ने गर्छन् ।