भक्तपुर– भक्तपुरबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल भक्तपुरको सुडाल बस्ने २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ ।


ADVERTISEMENT


बा ४ख ९३९१ नंको भक्तपुर नगर बसले र बा ५५प १०९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बस चालक काभ्रेपलाञ्चोकका २४ वर्षीय प्रेम लामा र बस नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताए। शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #