काठमाडौं-नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।


ADVERTISEMENT


निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।


ADVERTISEMENT

# # #


ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ७९ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच हुनेछ ।-आजको कान्तिपुरबाट