काठमाडौँ– संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै आज निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।


ADVERTISEMENT


अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली काँग्रेसका निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि चाँडो परिणाम सार्वजनिक गर्न माग गरिएको छ ।


ADVERTISEMENT

# # #


पत्र बुझेपछि डा यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरुले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमा काम गर्न नसकिएको बताए ।

राष्ट्रियसभामा स्वतन्त्र दल पनि सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै उनले दललाई नाम सच्याउन आज पत्राचार गरिने जानकारी दिए । आयोगले ती सबै कानुनी प्रक्रिया पूरा गरेपछि परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ ।