उदयपुर – उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् ।


ADVERTISEMENT


३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले अग्रता कायम राखेका छन् । यहाँ कुल खसेको मत संख्या ७६ हजार ७ सय ५६ हो । प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ३७ हजार ८६५ मत गन्न बाँकी छ ।


ADVERTISEMENT

# # #