काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो हार स्वीकारेका छन् । गुल्मी–१ मा हाल भइरहेको मतगणनाको अन्तिम परिणाम नआउँदै ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गरेका हुन् ।


ADVERTISEMENT


आफ्नो अभियान असफ भएको भन्दै उनले लेखेका छन्, ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’


ADVERTISEMENT

# # #


यस्तै, उनले आफु संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह नरहने समेत स्पष्ट पारेका छन् । ज्ञवाली गुल्मी–१ का उम्मेदवा हुन् । मतगणना शुरुआतीबाटै उनी नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा रहेको थियो । यद्यपि अहिले भने ज्ञवालीलाई पछि पार्दै भण्डारी जीत नजिक पुगेका छन् ।