काठमाडौँ– सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा शुक्रबारदेखि १६ दिने अभियान सुरु भएको हो ।


ADVERTISEMENT


प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । अभियानका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा काठमाडौंको माइतिघरदेखि निकालिएको ¥याली बिभिन्न स्थान हुँदै बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको थियो ।


ADVERTISEMENT

# # #


सभालाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको जनाए । हिंसा उन्मुलनका लागि बिभिन्न कानून निर्माण भएपनि यसलाई उन्मुलन गर्न चूनौति खडा भएको बताए । .

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।