काठमाडौँ – प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ ।


ADVERTISEMENT

# # #


त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेका हुन् । यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८” पेश गरेकी थिइन् ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिबार बोलाइएको छ ।