काठमाडौँ – प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित डी.जे. लावन्जबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डी.जे. लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले डी.जे. लावन्जद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नसक्ने छन् । उतm सम्झौता अन्तर्गत डि.जे. लावन्जमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, डि.जे. लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैँकले वनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।