काठमाडौँ – काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।


ADVERTISEMENT


यसअघि सूचना दिदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ ।


ADVERTISEMENT

# # #


डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउदै आएको छ ।