काठमाण्डौं-प्रदेश नम्बर ५ अन्र्तगतको नवलपरासी पश्चिममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट सुर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समुहका नेता हृदयस त्रिपाठी विजयी भएका छन् ।


ADVERTISEMENT


विजयी त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत मात्र प्राप्त गरे ।


ADVERTISEMENT

# # #


यस अघिको दोसा्रे संविधान सभाको चुनावमा त्रिपाठी कदवार संग पराजित भएका थिए । चुनावमा भोट माग्न जादा विजयी भएपछि नेकपा एमालेमा प्रवेश गर्छु भन्दै भोट मागेका थिए ।

क्षेत्र नम्बर १ को प्रदेश सभातर्फ पनि दुवैमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ क मा दिपेन्द्र कुमार अधिकारी र ख मा गठबन्धनकै अजय शाही विजयी भएका छन् ।