काठमाडौं स् नेपाली कांग्रेसले मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT


बैठकले दल दर्ताको जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठकले आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ।

पार्टी विधानबमोजिम प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री आङ्देम्बेले जानकारी दिए।

बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियानको समय परिवर्तन गरेको छ। यसअघि भदौ २ गतेदेखि थालिने भनिएको चुनावी अभियान भदौ १० देखि २४ गतेसम्म संचालन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले अरु गम्भीर विषयमा प्रवेश नै नगरेको र केहीबेरमै सकिएको नेता अर्जुननरसिंह केसीले बताए।