काठमाण्डौं-हत्या र बलात्कारको आरोपमा भारतीय जेलमा थुनामा रहेका तीन नेपाली फरार भएका छन् । उनीहरू सिम्लाबाट १६ किलोमिटर टाढाको कन्डास्थित मोर्डन सेन्ट्रल जेलबाट बुधबार भागेका हुन् । फरार अभियुक्तमा २२ वर्षीय लीलाधर र प्रेमबहादुर तथा २७ वर्षीय प्रताप सिंह भएको भारतीय अधिकारीले जनाएका छन् ।


ADVERTISEMENT


उनीहरूको नेपालको ठेगानाबारे भने केही उल्लेख गरिएको छैन । जेल कर्मचारीका अनुसार उनीहरू जेलमा राखिएका पाइप, रडलगायतका निर्माण सामग्रीको प्रयोगले १६ फिट अग्लो पर्खाल चढेर भागेका हुन् ।


ADVERTISEMENT

# # #


स्थानीय प्रहरी प्रमुखले ‘सुरक्षाकर्मीको लापरबाहीका कारण उनीहरू भाग्न सफल’ भएको बताए । सोमेश गोयलले भने, ‘यो वास्तवमै गम्भीर घटना हो ।’ उनले अभियुक्तको तस्बिर सार्वजनिक गर्दै सूचना दिनेलाई पुरस्कारको घोषणा गरेको जनाएका छन् ।

अधिकारीले अभियुक्तहरू भागेर नेपाल पुगे पक्राउ गर्न असम्भव भएको दाबी गरे । भारतीय प्रहरीले घटनापछि जेलका सुरक्षाकर्मी तथा कर्मचारीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।