काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा नेपालले तीन विकेट गुमाएको छ । कप्तान पारस २० रन बनाएर आउट भएका हुन् । ३६ बलको सामना गरेका उनले चार चौका प्रहार गरे ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा नेपालका लागि पहिलो विकेटमा दिलिप नाथलाई गुमाएको नेपालले दोस्रो विकेटमा ज्ञानेन्द्र लाई गुमाएकोे थियो ।


ADVERTISEMENT

# # #


दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे । अर्धशतक पूरा गरेका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए ।

मल्लले ८३ बलको सामना गरी ६ चौका प्रहार गरे ।

नेपाल अहिले ३४.२ ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले सरद भेषवाकर २८ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिन आरिफ सेख मैदान प्रवेश गरेका छन् ।