कास्की– माछापुच्छ्रे बैंकले १९ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा हालै पोखराको लेक साइडमा प्रभातफेरी रयाली निकालेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनःबसुन्धरा पार्कमापुगेर समापन भएको थियो ।


ADVERTISEMENT


बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा वित्तिय साक्षरता अन्तरगत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफानोटको महत्व, डेबिट-क्रेडिट कार्डको उपयोग र यसको फाइदाइत्यादिको बारेमाविभिन्नजानकारी दिएको थियो ।


ADVERTISEMENT

# # #


बैंकले आ.व. २०७४/७५को पहिलो त्रैमास सम्ममा रु. २८ करोड ९ लाखखुदमुनाफाआर्जन गरेको छ । साथै हाल बैंकले रु ६४अर्व ५१ करोड निक्षेप परिचालन गरी रु. ५६अर्व ६६ करोड कर्जा प्रवाह गरेको छ । गत मंसिर १५ गते बसेको बैंकका वार्षिक साधारण सभाले ९ प्रतिशतबोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।