काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा नेपालले सय रन पूरा गरेको छ । अहिले नेपालले दुई विकेट गुमाएर खेलिरहेको छ ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा पहिलो विकेटमा दिलिप नाथलाई गुमाएको नेपालले दोस्रो विकेटमा ज्ञानेन्द्र लाई गुएको थियो । यस अघि दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । ८३ बलको सामना गरेका उनले ६ चौकाको सहयोगमा ५४ रन पूरा गरेर आउट भए ।


ADVERTISEMENT

# # #


नेपाल अहिले २८.२ ओभरमा दुई विकेट गमाएर १०२ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले पारस खड्का र सरद भेषवाकर रहेका छन् ।