काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलवार काठमाडौंमा पूर्व राजदुतहरुको समूहले आयोजना गरेको अन्तक्र्रियामा ओलीले राष्ट्रियताका बिषयमा उठेका बिषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका विषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए । उनले अवको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए ।

ओलीले देशको बिकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए । ओलीले बलिया राष्ट्रसंग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर स्म्झौता गर्नुपर्ने बताए ।

ओलीले अन्य मुलुकसंग देखिएका समस्या समाधानका लािग पनि नेपाल अडिक भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरे ।