काठमाडौँ– शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ ।


ADVERTISEMENT


सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।


ADVERTISEMENT

# # #


बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन् ।

यस अवसरमा काठमाडौंको स्वयम्भूमा विशेय पूजाआजासहित मेला लागेको छ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गरेको हो ।

इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्केका थिए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेको कथन छ ।