काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् । सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उनले माग गरे ।


ADVERTISEMENT

# # #


गृहमन्त्रीको दुईवटा नागरिकता रहदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोहि आरोप लगाइनु गलत भएको धारणा राखे । उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दाबी गरे ।

सहकारी प्रकरणमा छानविन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उनले बताए । निधिले सरकार राज्यलाई कव्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिए ।

कैलाश सिरोहियालाई भेट्न नेता नीधि जनकपुर पुगेका हुन् ।