काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेका छन् ।


ADVERTISEMENT


बिहीबार बिहान वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेर ललितपुरको थटिटोलसम्म पुर्‍याएका हुन् । हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने परम्परा रहेको छ ।


ADVERTISEMENT

# # #


एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

अब केहिदिनमा ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतमा तानिएको रथ जावलाखेल पुर्‍याइएपछि चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।