काठमाडौँ – सेयर बजार सुधारको माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुले आमरण अनसनमा बस्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले शान्तिपूर्ण आन्दोलनबाट आफुहरुको माग सरकारले नसुनेको भन्दै आमरण अनसन बस्ने जानकारी दिएका छन् । पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै निर्णायक आन्दोलन गर्न लागिएको उनीहरुले बताए ।


ADVERTISEMENT

# # #


लगानीकर्ता तिलक कोईरालाले आफुहरुको आन्दोलन बजार बढाउन र घटाउनका लागि नभएर बजारको सही पूर्वाधार र नियमनका लागि भएको बताए । सरकारले तीन बर्षदेखि पुजिबजार सुधारका लागि केहि पनि गर्न नसकेकोले बाध्य भएर आमरण अनसन बस्ने निर्णय गरिएको उनको भनाई छ ।

मंगलबार बसेको लगानीकर्ताहरुको संयुक्त बैठकले पनि कोइरालालाई आमरण अनसनमा बस्न सहयोग गर्ने निर्णय गरेको थियो, कोईराला असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड अगाडि अनसन बस्न लागेका हुन् । पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता एक हप्ता अगाडिदेखि आन्दोलित भएका छन् ।