काठमाडौँ – लोकप्रिय गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । इन्दिराले मंगलबार आफ्ना प्रेमी शरद केडियासँग लगनगाँठो कसेकी हुन् ।


ADVERTISEMENT


उनीहरुले चितवनको बाराही जंगल लजमा विवाह गरेकका हुन् । विवाह समारोहमा पारिवार र आफन्तहरु मात्रै उपस्थित रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


इन्दिरा र फेसन डिजाइनर शरद केही वर्षदेखि प्रेममा रहेका थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमकमा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।

३५ वर्षीय इन्दिराका ‘चौबन्दी चोली अनि रातो घाँघर’, ‘बेहुली’, ‘उध्रेको चोली’, ‘मोटरसाइकलमा’, ‘माछी मार न–रिमिक्स’ लगायत दुई दर्जन बढी गीत लोकप्रिय छन् ।